आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार भोगेको छ। आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो। अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३१.१ ओभरमा १ सय ५६ रनमा अलआउट भयो। नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। आशिफ शेखले ३७ र भीम सार्कीले २९ रन बनाए। आरिफ शेखले २० रन बनाए। त्यसअघि युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फि
Posted inSamachar
नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित

