एएफसी यु-२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र भुटानबीचको खेलको पहिलो हाफमा बराबरी भएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ। पहिलो हाफको दसौँ मिनेटमा सेनु परियारको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको १८ औँ मिनेटमा केलिन वाल्मोको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो।
Posted inSamachar
नेपाल-भुटान पहिलो हाफ बराबरीमा

