पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जना धरौटी रकम बुझाएर रिहा भएका छन्। उनीहरूविरुद्ध आजै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो। गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्न
Posted inSamachar
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने ४ जना धरौटीमा रिहा

