लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरोले आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।
Posted inSamachar
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

