जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हायात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ।गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो। यो निर्णय मंसिर २२ गतेबाट लागू हुने होटलको मानव शंसाधन विभागका महाप्रवन्धक आशिष कुमारले बताए। होटलले सूचना प्रकाशित गरी श्रमिक कटौती गर्ने निर्णय भएको जनाएको छ। ‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स
Posted inSamachar
पाँचतारे होटल हायातले हटाउँदै १३३ श्रमिक

