पाकिस्तानमा चालु मनसुनमा हालसम्म बाढी र पहिरोमा परी ६७० जनाको मृत्यु भएको छ भने ९० जनाजति बेपत्ता भएका छन्।पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अध्यक्ष लेफ्टिनेन्ट जनरल इनाम हैदरले भने, ‘मनसुन अवधिमा विभिन्न घटनामा अहिलेसम्म करिब ६७० जनाको मृत्यु भएको छ भने हजारभन्दा बढी घाइते भएका छन्।’उनले थपे, ‘८० देखि ९० जना अझै बेपत्ता छन्। यदि उनीहरूलाई चाँडै फेला पारिएन भने उनीहरूलाई पनि मृतकको सूचीमा समावेश गर्नुपर्नेछ।’उनका अनुसार, मनसुनी वर्षा अगस्ट
Posted inSamachar
पाकिस्तानमा बाढी-पहिरोमा परी ६७० जनाको मृत्यु, ९० बेपत्ता

