केही दिनयता नेकपा माओवादी केन्द्रका कयौँ नेताहरूको अनुमान थियो– अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई कडै कारबाही गर्ने छन्।साउन ६ गते प्रचण्डलाई लक्षित गर्दै शर्माले फायर खोलेपछि पार्टीभित्र उनलाई कारबाही वा स्पष्टीकरण सोध्न नेताहरूले दबाब दिएका थिए। सोही कारण यसपटक बसेको माओवादी स्थायी समिति बैठकबारे धेरैलाई चासो थियो।बैठकमा बोल्ने अधिकांश नेता शर्मामाथि खनिएका थिए। कतिले प्रचण्डलाई उदार नबन्न हौस्याए। तर, प्रचण्डले कारबाही भोग्न समेत तयार रहेको बताइरहेका शर्मा
Posted inSamachar
प्रचण्डले ‘डण्डा नचलाई’ साम्य पारे विवाद, जनार्दन झन् कमजोर

