प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीकै कार्यालयमा बैठक राख्दै छिन्। बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ फागुन गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।
Posted inSamachar
प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

