जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार काठमाडौँ उपत्यकामा १७ र उपत्यका बाहिर २ जना गरी १९ जनाको मृत्यु भएको हो। त्यस्तै हालसम्म १३३ जना घाइते मात्रै अस्पतालमा उपचारमा रहेको र अन्य सबैको डिस्चार्ज भएको प्रहरीको भनाइ छ। प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४१ प्रहरी जना घाइते भएका छन्। नेपाल प्रहरीका ३८ जना घाइते भएको र त्यसमध्य १४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।त्यस्तै सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन्
Posted inSamachar
प्रहरीले भन्यो- जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, १४ प्रहरी गम्भीर घाइते

