जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ।लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका ११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालले सुनारको मृत्यु भएको पुष्टी गरेकाे हाे।सुनार आज बिहान ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए। ‘उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भए
Posted inSamachar
प्रहरी हिरासतमा थुनुवाको मृत्यु, ‘सीसीटीभी फुटेज’ हेरेर अनुसन्धान हुँदै

