मोरङमामा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। सुन्दरहरैचा नगरपालिका-७ बेलगाछी चोकमा मे.१ ख २७९६ नम्बरको बसले प्र.१-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँ कागेश्वरी नगरपालिका-९ घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसी प्रसाद गुरागाईँ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घा
Posted inSamachar
बसले सिटी सफारीलाई ठक्कर दिँदा ६१ वर्षीय पुरुषको मृत्यु, चालक घाइते

