भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज (मंगलबार) बिहानै नागढुंगा सुरुङको स्थलगत अवलोकन गरेका छन्। मन्त्री दाहालले मंगलबार बिहान सडक विभागका अधिकारीहरूसहित सुरुङ मार्गको निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले बाँकी काम छिटो सकेर सुरुङ प्रयोगमा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेका स्थानमा केही काम भइरहेको जानकारी दिए। हेर्नुहोस् ६ तस्बिर:
Posted inSamachar
बिहानै सुरुङ मार्ग पुगे यातायात मन्त्री दाहाल (६ तस्बिर)

