मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ। वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन्।गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताए। 'तिहारलगत्तै धान काटेर भित्र्याउन ठिक्क पारेको बेला पानी पर्यो। गाउँका एक–दुई जना बाहेक सबैले धान काटेर खेतमा सुकाएका छन्', उनले भने, 'धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो। अहिले काटेर सुकाएको धान खेतमा डुबेको
Posted inSamachar
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति

