भारतीय जनता पार्टी (भाजपा) का बिहार प्रदेश अध्यक्ष दिलीप जयसवालले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई परिवार बचाउन अनुरोध गरेका छन्।बिहारमा हालै सम्पन्न विधानसभा चुनावमा लालुको पार्टी राष्ट्रिय जनता दल (आरजेडी) को लज्जास्पद हार भएपछि उनकी छोरी रोहिणी आचार्यले राजनीति छाड्ने र परिवारसँगको नाता तोड्ने घोषणा गरेकी छन्। रोहिणीले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म राजनीति छाड्दै छु र मेरो परिवारसँग सम्बन्ध तोड्दै छु। सञ्जय यादव र रमिजले मलाई यसो गर्न भनेका हुन
Posted inSamachar
भाजपाका बिहार अध्यक्षको टिप्पणी: जुन छोरीले मिर्गौला दिएर लालुको ज्यान बचाइन्, आज उनैलाई सडकमा फ्याँकिएको छ

