भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई इंगित गर्दै ‘आणविक धम्की नसहने’ चेतावनी दिएका छन्। आज (अगस्ट १५) भारतकै ७९औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानविरुद्धको अपरेसन सिन्दूरमा सहभागी सुरक्षाकर्मीहरूलाई सम्झिए। उनले भने, ‘आज, मलाई लाल किल्लाको पर्खालबाट अपरेसन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा बहादुर सिपाहीहरूले शत्रुहरूलाई उनीहरूको कल्पनाभन्दा बाहि
Posted inSamachar
भारतको स्वतन्त्रता दिवसमा पाकिस्तानविरुद्ध मोदीको आक्रोश: अब आणविक धम्की सहँदैनौँ

