भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ। भारी वर्षाका कारण आएको बाढी-पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो। भारतले गत वर्ष १० वटा बेलिब्रिज नेपाललाई दिएको थियो। नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो।भारतले उपलब्ध गराउने १० वटामध्ये एउटा बेलिब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ। बाँकी नौ वटा बेलिब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन्। नेपालका
Posted inSamachar
भारतले नेपाललाई दियो थप १० वटा बेलिब्रिज

