वर्षात् र भारी हिमपातपछि म्याग्दीतर्फ अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। अन्नपूर्ण आधारशिविरमा पुगेका पर्यटकलाई सहजीकरण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय उद्धारकर्मी परिचालन भएको पनि कार्यालयले जनाएको छ। प्रहरीले आवश्यक सहयोग चाहिए सम्पर्क गर्न पनि भनेको छ। स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहित प्रहरी टोली अहिले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी आधारशिविर गइरहेको छ।
Posted inSamachar
भारी हिमपातपछि म्याग्दीतर्फ अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक

