सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको तयारी सुरु गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि समुदायको पहिचान तथा लगत सङ्कलन कार्य सुरु गरेको हो। भूमिहीन सुकुम्वासीको व्यवस्थापन राज्यको दायित्व भएकाले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी लगत तयार गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए। लगत लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको छ।
Posted inSamachar
भूमिहीनको समस्या सुल्झाउन देशभर लगत संकलन गरिँदै

