मधेस सरकार गठन विरुद्ध ७४ सांसदले दिएको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ।सर्वोच्चको दैनिक पेशी सूचीअनुसार, मधेश सरकार गठन विरुद्धको रिटलाई इजलास नं. ४ मा पेशी तोकिएको हो। नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेसको सरकार असंवैधानिक भएको रिटमा जिकिर गरिएको छ। मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्
Posted inSamachar
मधेसका ७४ सांसदको रिट न्यायाधीश पाण्डेयको इजलासमा

