मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियाप्रति एमालेभित्र नै असन्तुष्टि देखिएको छ। मधेस प्रदेश सभाका एमाले प्रमुख सचेतक हरिनाराणय महतोले अहिले नै संविधानको धारा १६८ को उपधारा- ३ अनुसार सरकार गठन गरिनु गलत भएको बताए।‘संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुने आधार हुँदाहुँदै धारा ३ अनुसार सरकार बनेकोमा मेरो असहमती छ,’ उनले नेपालखबरसँग भने, ‘देश असहज अवस्थामा रहेको बेला प्रदेश प्रमुखले यस्तो ढंगले मुख्यमन्त्री नियुक्ति गर्नु हुँदैनथ्यो। याे गतल भयो।
Posted inSamachar
मधेसमा नयाँ सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

