भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ। बिहीबार आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिएको जाँचबुझ आयोगका प्रवक्ता समेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले बताए। ‘उहाँ आउनु भयो। आफ्नो कुरा राख्नुभयो। हामीले यथार्थ विवरण बुझ्यौँ। उहाँले देखेका, उहाँले गरेका कामहरू सोध्यौँ’, शर्माले नेपालखबरसँग भने। बिहीबार सुरुमै आयोगमा बयान दिएर मुख्य सचिव अर्याल राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पुगे
Posted inSamachar
मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

