यहाँ ४४ हजार ३११ नयाँ मतदाता थपिएका छन्। यो मङ्सिर ५ गतेसम्म थपिएका मतदाताको सङ्ख्या हो। यहाँस्थित प्रदेश निर्वाचन कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रदेशको निर्वाचन कार्यालय र २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका हुन्। अब मोरङमा मतदाताको सङ्ख्या ७ लाख ८६ हजार ६६ पुगेको छ। यसअघि यो जिल्लामा ७ लाख ४१ हजार ७५५ मतदाता रहेका अभिलेख छ।
Posted inSamachar
मोरङमा ४४ हजार नयाँ मतदाता थपिए

