रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीबन्दीलाई रोक्न गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बिहीबार बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउनुपरेको बताए। ‘गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ’, प्रमुख जिल्ला अधिकारी थापाले नेपालखबरसँग भने, ‘उनीहरूको परिचय अहिले खुलिसकेको छैन।’प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घटना बिहीबार बिहान ७ बजेतिरको हो। कैदीबन्दीले विभिन्न च्यानलमा
Posted inSamachar
रामेछापमा कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलायो, २ जनाको मृत्यु

