सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएका छन्। शीतलनिवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्य दुई मन्त्रीहरू कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँगै पद तथा गोपनीयताको शपथ लिएका हुन्। आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित जेनजी प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पूर्वन्यायाधीश कार्की नेतृत्वको नयाँ सरकार बनेको हो। प्रधानमन्त्री कार्कीले खनाललाई युवाहरुको सिफारिसमा अर्थमन्त्री बनाएका हुन्।&
Posted inSamachar
रामेश्वर खनाल : जटिल परिस्थितिमा अर्थमन्त्री बनेका अनुभवी प्रशासक

