नेपाल राष्ट्र बैंकको सामाजिक सञ्जाल ट्विटर अकाउन्टले गभर्नरबाहेकलाई फलो गरेको पाइँदैन। कार्यकालअनुसार गभर्नरलाई मात्रै फलो गर्दै आएको राष्ट्र बैंकको ट्विटर ह्यान्डलमा वर्तमान गभर्नरलाई भने फलो नगरेको पाइएको हो। आधिकारिक ट्विटरबाट पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई मात्र फलो गरिएको छ। यसअगाडि गभर्नरलाई मात्रै फलो गर्ने गरिए पनि यस पटक भने राष्ट्र बैंकले आफ्नो फलोअर्स अपडेट नगरेको पाइएको हो।
Posted inSamachar
राष्ट्र बैंकको ट्विटर ह्यान्डलले पूर्वगभर्नरलाई चिन्यो, गभर्नरलाई चिनेन!

