राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकेको छ।अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धानमा कार्यरत रहेको प्रवक्ता मनिष झाले बताए। बैठकले रामप्रसाद भट्टराईलार्ए केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी दिएको छ। उनी नेपाल स्काउट पूर्व निर्देशक हुन्। केन्द्रीय प्रशिक्षण विभाग सदस्यमा डा. कृष्णमान शाक्य चयन भएका छन्
Posted inSamachar
रास्वपाका केन्द्रीय विभागका सदस्यको जिम्मेवारी हेरफेर

