रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा शुक्रबार साँझ भएको जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १
Posted inSamachar
रुकुम पश्चिम दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १ किशोरीको अवस्था गम्भीर

