लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोप्रति सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रविज्ञ डा.राजन भट्टराईले आपत्ति जनाएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाली भूभाग प्रयोगका विषयमा नेपालको सहमतिबेगर गरिएको निर्णय अमान्य हुने बताएका हुन्। भट्टराईले लेखेका छन्, ‘नेपालको भूभागका मामिला नेपालको सहमतिबेगर गरिने सहमति वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन। यो सार्वभौम
Posted inSamachar
लिपुलेकबारे भारत-चीन सहमति मान्य हुँदैन : राजन भट्टराई

