धनकुटाको साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृतमाथि गाउँपालिकाकै वडाध्यक्षले कार्यकक्षमै कुटपिट गरेका छन्।गाउँपालिकाको वडा नं.१ का वडाध्यक्ष गोबिन्द लिम्बुले योजना अधिकृत (अधिकृत स्तर-आठौँ) द्रोण बहादुर राईमाथि बुधवार साँझ करिब ४ : ५० बजे कार्यकक्षभित्र नै कुटपिट गरेको गाउँपालिका कार्यालयले जनाएको छ।घटनापछि गाउँपालिकाका कर्मचारीहरूले सामूहिक रूपमा विरोध जनाउँदै विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएको शारीरिक आक्रमणलाई ‘निर्घात र अक्षम्य’
Posted inSamachar
वडाध्यक्षले कुटे योजना अधिकृत, कर्मचारी आन्दोलित

