नेवार समुदायका युवायुवतीले बिहीबार काठमाडौँ दरबार स्क्वायरमा धिमेबाजा र नृत्य प्रस्तुत गरेका छन्।धिमे बाजा नेवारी समुदायको सांस्कृतिक बाजा हो। आज वसन्तपुरमा युवाले धिमेबाजा घन्काएका हुन्।नृत्य कार्यक्रममा स्थानीय संघसंस्था र सांस्कृतिक समूहहरूको उपस्थिति थियो। यस ऐतिहासिक नृत्य तथा बाजाको प्रदर्शनले सांस्कृतिक संरक्षण र प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनीहरूको दाबी छ।यसले धिमेबाजासँगै नेवारी समुदायको एकता, संस्कृति र सद्भावको सन्देशसमेत फैलाउने उनीहरूको विश्वास छ।
Posted inSamachar
वसन्तपुरमा धिमे नाच (तस्बिरहरू)

