सुनको मूल्यमा आज फेरि व्यापक मात्रामा गिरावट आएको छ। आज चाँदीको मूल्य पनि थप घटेको छ।तोलामा ६ हजार नौसय रुपैयाँ घटेर सुनको मूल्य आज दुई लाख ४२ हजार आठसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। यसअघि गएको बिहीबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको थियो भने शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेर दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो। सुनको मूल्य तीन दिनमै तोलामा सात हजार चारसय रुपैयाँ घटेको छ। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ
Posted inSamachar
शुक्रबार घटेको सुनको मूल्यमा आज झन् व्यापक मात्रामा गिरावट, चाँदी पनि थप सस्तियो

