राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी आगामी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। उनले जेनजी आन्दोलनको मर्मअनुसार देशमा स्थायी परिवर्तन चाहिने भए संविधान संशोधन पहिलो सर्त हुनुपर्नेमा जोड दिएका छन्।बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच जारी त्रिपक्षीय वार्ताबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहीले लेखेका छन्, ‘आदरणीय जेनजी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन।
Posted inSamachar
संविधान संशोधन नगरी चुनावमा जानु हात्ती आयो हात्ती आयो फुस्सा हो : शाही

