संसदीय समितिले निर्माणाधिन त्रिवि क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ।सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरुले रंगशालाको अवलोकन गरे। आइतबार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको थियो।अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ। समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना गरेर अहिले काम भइरहेको छ।
Posted inSamachar
संसदीय समितिद्वारा निर्माणाधिन त्रिवि क्रिकेट मैदानको अवलोकन

