फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर सुन्न सकिन्छ।‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ। यो गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो।तर, ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो।गीतको भिडिओमा अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा फिचर्ड छ
Posted inSamachar
सञ्जिवनीको स्वरमा ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक, छमछमी नाचे उपासना र श्यामाश्री

