महिलाको ब्याग लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चारजनालाई पक्राउ गरेको छ।यही मंसिर ८ गते अन्दाजी सवा ५ बजेको समयमा तारकेश्वर नगरपालिका ११ नेपालटार स्थित सडक खण्डमा हिँडेर घर फर्किने क्रममा एक महिलाको साथमा रहेको नगद रकम, बैंकका चाबीहरू, मोबाइल सेट सहितको महत्वपूर्ण कागजातहरू भएको लेडीज ब्याग लुटपाट भएको थियो।ब्याग लुटी मोटरसाइकलमा फरार भएका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा मंसिर ९ गते अन्दाजी ११ बजेको समयमा तारकेश्वर नगरपालिका ८ सुकुम्बासी टोलबाट प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो।उनीहर
Posted inSamachar
सडकमा हिँडिरहेकी महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ

