प्रहरीले सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। सुरुंगा नगरपालिका–२ भेडियास्थित गाईघाट–कदमाहा सडकखण्डमा आइतबार राति चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीले जानकारी दिए। प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट २३ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाक
Posted inSamachar
सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ युवक पक्राउ

