प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनु ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सफल कार्यान्वयनको नतिजाको सुरुवात बिन्दु भएको बताएका छन्।राष्ट्रिय सभामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन विगत लामो समयदेखि प्रयत्नरत रहेको बताए। उनले ४५ देशका समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुने जानकारी दिए। नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको संकेत
Posted inSamachar
‘समृद्ध नेपाल सुखी नेपाली’ सफल कार्यान्वयनको नतिजा सुरु भयोः प्रधानमन्त्री

