सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। गएराति काबिलासी नगरपालिका-६ मदनपुर बजारस्थित भित्री सडक खण्डमा सल्लेमपुरबाट बरहथवा तर्फ जाँदै गरेको आलुप्याज लोड गरेको ज.१ त ६२०३ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जादैँ गरेको बा.४७ प ९८९२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको चन्द्रपुर गाउँपालिका- ५ मोहनपुर बस्ने ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ।&
Posted inSamachar
सर्लाहीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा ४२ वर्षीय पुरुषको मृत्यु, अर्का किशोर घाइते

