सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। झापाबाट भिमानतर्फ जाँदै गरेको बा १८ च ९८८३ नम्बरको इसुजु डिम्याक्स (हाइलक्स) गाडी अनियन्त्रित भई सडकको दायाँ किनारमा रहेको बिजुली पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।गाडी चालक काठमाडौँ महानगरपालिका-९ निवासी ५४ वर्षीय ओम नारायण सिंह उपचाररत छन्। दुर्घटनापछि गाडी घटनास्थलमै रहनुका साथै अन्य सवार यात्रुहरूलाई जनसेवा अस्पताल बर्दिबासतर्फ पठाइएको प्रहरीले
Posted inSamachar
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते

