नयाँ बानेश्वरको संघीय संसद् भवनअगाडि रहेको सिभिल अस्पताल अरु दिनझैँ व्यस्त थियो। डा परिमल आचार्य त्यस दिन पनि बिरामीको उपचारमा खटिइरहेका थिए। दिउँसो खाजा खान निस्किएका परिमल बाहिरको कोलाहल सुनिरहेका थिए। त्यत्तिकैमा उनलाई फोन आयो, ‘तुरुन्त आकस्मिक कक्षमा आउनुस्।’ जब उनी आकस्मिक कक्षमा पुगे, तब उनको अगाडि रगताम्य भएका युवाहरू थिए। घाइतेको संख्या बढ्दै गयो। त्यस दिनयता जबजब उनी अस्पतालको अपरेसन कक्ष पुग्छन्, तबतब उनी त्यस दिन भएका घटना सम्झेर विक्षिप्त हुन्छन्। कोही युवा
Posted inSamachar
सिभिलका डाक्टरको भदौ २३ अनुभव : एकै जनालाई ८ गोली, अस्पताल युद्धमैदान

