जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीय नवीना खनालले नागरिकता प्राप्त गर्दा खुसीको सीमा थिएन। मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आएका छन्। म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो। विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन्। बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो। तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चित हुनु परेको थियो।
Posted inSamachar
सीडीओले अशक्तलाई घरमै गएर दिए नागरिकता

