पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।प्रहरीका अनुसार आज बिहान ७:१५ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते र २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ।&
Posted inSamachar
सुनसरीमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु, २० घाइते

