जसरी कस्तुरीलाई आफ्नै नाभिबाट आइरहेको ‘बिना’को सुगन्धित बास्ना थाहा हुँदैन, ठिक त्यसैगरी हङकङवासी दिलु लिम्बूलाई आफूभित्र रहेको क्षमताको भेउ पाउन ३२ वर्ष लाग्यो। अर्थात् उनी ३२ वर्षको उमेरबाट अल्ट्रा ट्रेल दौडन थालिन्। पाँच वर्षको अवधिमा उनले हङकङ, मलेसिया र चीनमा गरी दर्जनौँ ट्रफी थापिन्।३७ वर्षीया लिम्बूले हालै हङकङमा सम्पन्न ‘एचके वाइन्ड ५०’ अल्ट्रा ट्रेल दौड प्रतियोगितामा सयौँको सङ्ख्यामा रहेका प्रतिद्वन्द्वीलाई पछि पार्दै उपाधि चुमेकी छन्।दिलुले यही अक्टोबर २६ आइतबार
Posted inSamachar
हङकङका यी नेपाली धावक जसलाई छेकेन उमेरले, ३२ कटे'सि रमाएकी दिलु र ५६ मा नथाकेका रविन

