हङकङको ताईपोस्थित वाङफुक कोर्टमा भएको भीषण आगलागीमा मृत्यु हुने संख्या ५५ पुगेको छ। अग्नि सेवा विभागका अनुसार, मृतक ५५ जनामध्ये ५१ जनाको घटनास्थलमै र चार जनाको अस्पताल लगिएपछि मृत्यु भएको हो।अधिकारीहरूले दिएको पछिल्लो विवरणअनुसार, अस्पतालमा रहेका ७६ जना घाइतेमध्ये १५ जना गम्भीर र २८ जनाको चिन्ताजनक अवस्था छ। आगलागीमा फसेका ६२ जनाको युद्धस्तरमा उद्धार कार्य जारी छ।हङकङको ताईपोस्थित वाङफुक कोर्टका सात आवासीय भवनमा बुधबार दिउँसो करिब ३ बजेदेखि भीषण आगलागी भएको थियो। जसमध्ये ४ वटा भवनको आगो बिहीबार
ALSO READ हङकङका आयुक्त कुई जियानद्वारा नेपाली महावाणिज्यदूत लेखकलाई पदीय अधिकारको प्रमाणपत्र प्रदान

