आइतबार घटेको सुनको मूल्य आज बढेको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेर दुईलाख १५ हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। आज चाँदीको मूल्य पनि बढेर हालसम्मकै महँगो भएको छ। चाँदीको मूल्य आज तोलाको पाँच रुपैयाँ बढेर दुई हजार पाँचसय
Posted inSamachar
हिजो घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

