एकाएक बेहोस भएका झापाको शिवसताक्षी नगरपालिका-५ का ७२ वर्षीय सम्पतलाल राजबंशीको मृत्यु भएको छ। उनी शनिबार बिउबिजनको ब्यापारका लागि गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारी बजार पुगेका थिए। शनिबार अपराह्न ३ बजे एकाएक बेहोस भएका थिए। स्थानीय बासिन्दाले उनलाई तत्कालै दमक अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याए लगत्तै शनिबार साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Posted inSamachar
हिड्दाहिड्दै बेहोस भएका वृद्धको मृत्यु

