जेनजी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका दुईजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। लागु औषध कसुरमा पक्राउ परेका बिर्तामोड नपा-८ देउनिया निवासी ३३ वर्षीय सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनाली भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए। उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनीहरूलाई अस्थायी प्रहरी चौकी गरामनीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Posted inSamachar
हिरासतबाट भागेका दुई थुनुवा घरबाटै पक्राउ

