गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन्। त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीका विषयमा छलफल र समन्वय गर्न गृहमन्त्री वीरगन्ज जाने भएका हुन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले शनिबार गृहमन्त्री लेखक वीरगन्जमा आउने कार्यक्रम तय भएको जानकारी दिए। वीरगन्जमा हैजा फैलिए पनि अहिलेसम्म त्यसको कारण पत्ता लाग्न भने सकेको छैन।गृह मन्त्रालय
Posted inSamachar
हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

