नेपाल धितोपत्र बोर्डमा ४४ दिनदेखि चलिरहेको आन्दोलनलाई रोक्न अध्यक्ष सन्तोषनारायण श्रेष्ठ असफल भएका छन्। दोस्रो पटक समस्या समाधानका लागि मंगलबार बोर्ड बैठक बसे पनि निष्कर्षविहीन टुंगिएको हो। यसले बोर्डमा जारी कर्मचारी आन्दोलन लम्बिने निश्चित देखिएको छ। बोर्डस्थित आफ्नो कार्यकक्षमा ताला लागेका कारण अध्यक्ष श्रेष्ठले मंगलबार सञ्चालक समितिहरुसँग अर्थ मन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए। छलफलमा उपस्थित सञ्चालक समिति सदस्यहरुले ठोस निर्णय गर्न नसक्दा बैठक निष्र्कषविहीन नै बनेको
Posted inSamachar
४४ दिनसम्म आन्दोलन बिट मार्न असफल भए सन्तोषनारायण, दुई पटकसम्म निष्कर्षविहीन सकियो बोर्ड बैठक

