विगत चार दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा आज उल्लेख्य मात्रामा गिरावट आएको छ। सुनको मूल्य आज तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ४४ तीनसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार, शुक्रबार, आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य आज घटेको हो। सुनको मूल्य हिजो तोलामा चार हजार नौसय रुपैयाँ बढेर दुईलाख ४६ हजार चारसय रुपैयाँ पुगेको थियो। सुनको मूल्य हिजो तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।&n
Posted inSamachar
४ दिनमा ९ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घट्यो, चाँदीको बढ्यो

